Kathmandu Press

‘मिसन चौरासी सुरु भइसक्यो, एमाले निर्णायक शक्ति बन्छ’  

‘दुई वटा उपनिवार्चन एमालेले जित्यो। मिसन ८४ तर्फको सफलताको सुरुआत हो। मिसन ८४ सफल पारेर छाड्छौं।’
‘मिसन चौरासी सुरु भइसक्यो, एमाले निर्णायक शक्ति बन्छ’  

काठमाडौं, वैशाख २४ : एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमाले निणर्यक शक्ति बन्ने दाबी गरेका छन्। उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन्। 

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दुई वटा उपनिवार्चन एमालेले जित्यो। मिसन ८४ तर्फको सफलताको सुरुआत हो। मिसन ८४ सफल पारेर छाड्छौं।’ राष्ट्रिय शक्तिको रुपमा रहेको एमाले ०८४ पछि निर्णायक शक्ति बन्ने दाबी उनले गरे। बहुमतविना नै मन्त्री बन्ने प्रवृत्ति हाबी भएको भन्दै उनले त्यसप्रति टिप्पणी पनि गरे। 

Hardik ivf

देशमा पुराना दलले गरेको त्यागको अवमूल्यन गर्न खोज्नेहरु आएको भन्दै उनले थपे, ‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि छानिन्छन्। हाहाहुँहुँ भएकै भरमा मन्त्री बन्छन्। बहुमत कसैको छैन, यसलाई मिलाउन कि त्यसलाई गर्दा को मन्त्री को पर्छ को पर्दैन।’ कुनै दल र नेताको नाम नलिइ थोरै सांसद जिते पनि सरकारका प्रभावशाली भागवण्डा खोज्ने प्रवृत्तिमाथि उनले कटाक्ष गरे।

‘अहिले त फेरि एउटा ट्रेन्ड, एउटा प्रवृत्ति चलेको छ पुरानो त्यागको अवमूल्यन मात्रै होइन त्यसलाई अपमान गर्ने, मन्दिर भत्काउने। त्याग बलिदानहरुको अपमान गर्न खोज्ने, योगदानको  नकार्न खोज्ने। त्यसको के योगदान थियो परिवर्तनमा भन्ने कुरा बिर्सन खोज्ने त्यो प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘आन्दोलनमा,देशमा विभिन्न प्रवृत्तिहरु प्रकट भइरहन्छन्, समय समयमा बेला बेला बिभिन्न प्रवृत्ति प्रकट हुन्छ हाम्रोमा पनि भएको छ।’ 

अध्यक्ष ओलीले कुनै पनि प्रकृतिका राजनीतिक प्रवृत्तिहरुबाट प्रभावित नभइ एमाले आफ्नो उद्देश्यतर्फ सक्रियतापूर्वक अगाडि बढ्ने बताए। 

उनले भने ‘हामी विभिन्न खालका आवधिक हावाहुरी देखाउने खालमा असन्तुष्टिले जनाउने प्रवृत्तिहरु यस्ताबाट प्रभावित नभइकन आफ्नो मार्ग, उद्देश्यतर्फ र गन्तव्यतर्फ दृढताका साथ सक्रियतापूर्वक अगाडि बढ्छौं। हाम्रो शैली र बाटो त्यो हो। त्यसको लागि हावाहुरीले सृजना गरेका अस्थायी विभिन्न झट्काहरु वा आवधिक अस्थायी प्रवृत्तिहरु जो जिम्मेवार छैन, जो एकलकाँटे छ, त्यस्ता प्रवृत्तिहरुलाई चिन्न आवश्यक छ।’
 

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्