Kathmandu Press

वामदेवलाई ओलीले भने- एकताको भावना सकारात्मक छ

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका गौतमले एमालेमै फर्किन चाहेकाे धारणा राखेपछि त्यस्ताे बताएका हुन्।
वामदेवलाई ओलीले भने- एकताको भावना सकारात्मक छ

काठमाडौं, वैशाख २४ : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपले लिएको बताएका छन्। नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका गौतमले एमालेमै फर्किन चाहेकाे धारणा राखेपछि त्यस्ताे बताएका हुन्।

सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा ओली र गाैतम एकै मञ्चमा थिए।  नेता गौतमले ओलीसँग आफूले पहिला पनि पार्टी नफुटाएको र अब पनि पार्टी फुटाउला कि भनेर आफूमाथि शंका नगर्न आग्रह गरेका थिए।

Hardik ivf

गौतमले आफूले पहिला पनि पार्टी नफुटाएको र अब पनि पार्टी फुटाउला कि भनेर आफूमाथि शंका नगर्न ओलीलाई आग्रह गरेका थिए। उनले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्दै त्यसको आत्मआलोचना गरेकाे उनले बताए। एमाले फुटाउन आफ्नो हात नभएको दाबी उनकाे थियाे।

ओलीले गाैतमको सवालमाथि चासाे राखेका थिए। ‘वामदेव कमरेडले उठाउनुभएको कुरा छलफल गर्ने थलो यो होइन। पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौं,' ओलीले भने, वामदेवजीको एकताको भावना त्यो सकारात्मक छ। महाअभियान सफल होस्। शुभकामना।’

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्