Kathmandu Press

कांग्रेसकाे आपूर्ति तथा उपभोक्ता विभाग सदस्यमा १० जना मनोनयन

कांग्रेसकाे आपूर्ति तथा उपभोक्ता विभाग सदस्यमा १० जना मनोनयन
Hardik ivf

काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेको कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।

मनोनयन भएका सदस्यहरूमा फूलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौं), पद्मबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली  (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट),  तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौं) रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १५:४० बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्