Kathmandu Press

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित पाँचजनाविरुद्ध मुद्दा नचलाउने निर्णय

मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय भएको हो। सरकारी वकील कार्यालयको निर्णय अनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो।
अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित पाँचजनाविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं, वैशाख २४ : जिल्ला सरकारी वकील कार्यालय सुर्खेतले सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ।

मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय भएको हो। सरकारी वकील कार्यालयको निर्णय अनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो।

Hardik ivf

अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले उक्त निर्णय गरिएको सरकारी वकील कार्यालयले जनाएको छ। 

२०६५ सालमा कालिकोटमा राजबहादुर मल्लमाथि खुकुरी प्रहार गरी हत्या भएको बिषयमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो।

प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ मा पनि उनीहरुविरुद्ध पक्राउ पुर्जी लिएको थियो। सोही आधारमा सिंहसहितका व्यक्तिहरु हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा पुरक जाहेरी दर्ता भएको थियो।

प्रकाशित मिति: १५:०९ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्