Kathmandu Press

हिरासत जानुपर्ने अभियुक्त अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न तीन बुँदे निर्णय

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्ति अस्पतालमा बस्न पाउने व्यवस्थामा कडाइ गर्न तीन बुँदे निर्णय गरेका हुन्।
हिरासत जानुपर्ने अभियुक्त अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न तीन बुँदे निर्णय

काठमाडौं, वैशाख २४ : हिरासत जानुपर्ने अभियुक्त अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न तीन बुँदे निर्णय गरिएकाे छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्ति अस्पतालमा बस्न पाउने व्यवस्थामा कडाइ गर्न तीन बुँदे निर्णय गरेका हुन्।

Hardik ivf

जसमा अस्पतालमा ‘अब्जरभेसन’का लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनुपर्ने निर्णय रहेकाे छ।

त्यस्तै अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तै: उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने र अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री रवि लामिछानेले आवश्यक पर्दा उपचार पाउने हक राज्यले सुरक्षित गर्ने बताए । उनले भने, ‘तर कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो ।’ काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले निर्णय गरेको हो।

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्