Kathmandu Press

नेकपा एसकाे केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्युरो बैठक सर्‍याे

आगामी महाधिवेशनको तयारीका लागि बैठक बोलाइए पनि जनता समाजवादी पार्टी (जसपा) नेपालकाे विभाजनते  राजनीतिक तरंग ल्याएपछि एकीकृत समाजवादीले बैठक सारेको हो।
नेकपा एसकाे केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्युरो बैठक सर्‍याे

काठमाडौं, वैशाख २४ : नेकपा एकीकृत समाजवादीको वैशाख २८ र २९ गतेका लागि बाेलाइएकाे केन्द्रीय कमिटीको बैठक सरेको छ।

आन्तरिक तयारी नपुगेको भन्दै बैठक सारिएको हो। यस्तै वैशाख २६ का लागि बाेलाइएकाे स्थायी कमिटी र २७ का लागि बाेलाइएकाे पोलिटब्युरोको बैठक केन्द्रीय कमिटीसँगै स्थायी कमिटी र पोलिटब्युरो बैठक पनि सारिएकाे छ।

Hardik ivf

आगामी महाधिवेशनको तयारीका लागि बैठक बोलाइए पनि जनता समाजवादी पार्टी (जसपा) नेपालकाे विभाजनते  राजनीतिक तरंग ल्याएपछि एकीकृत समाजवादीले बैठक सारेको हो।

अब वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो, वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने जनाइएको छ।

वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय सङ्गठनका कार्यप्रगति, समसामयीक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव वेदुराम भुसालले बताए।

सोही बैठकबाट देशभर पार्टी सङ्गठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफलका साथै प्रदेश, क्षेत्र र भुगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने पनि जनाइएको छ। 

यस्तै, बैठकमा आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका मापदण्ड तय गर्ने र सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिनेछ। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा समेत छलफल हुनेछ। सो पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । 

प्रकाशित मिति: १४:२७ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्