नेकपा एस संसदीय दलको बैठक जारी
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक सुरूभएको राससलाई जानकारी दिए।
काठमाडौं, वैशाख २४ : नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरू भएको छ।
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरू भएको जानकारी दिए।
यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिए।
उनले भने, 'अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा यही वैशाख २८ गतेदेखि सुरू हुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ।'
प्रकाशित मिति: १३:३२ बजे, सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












