Kathmandu Press

कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त

मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त

सुर्खेत, वैशाख २४ : कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन्।

मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले उनलाई शपथ ग्रहण गराएका छन्।

२०४३ सालदेखि वकालतमा लागेका उनी २०७३ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए।

उनकाे जन्म दैलेखको दुल्लुमा भएकाे हाे। हाल उनी सुर्खेतकाे वीरेन्द्रनगर-५ मा बस्दै आएका छन्।

प्रकाशित मिति: १३:१० बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्