Kathmandu Press

मिडियाले सरकार र जनताबिचको पुलको काम गर्नुपर्छ : सञ्चारमन्त्री

उनले गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्न आवश्यक भएको पनि बताइन्।
मिडियाले सरकार र जनताबिचको पुलको काम गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं, वैशाख २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वका मिडियाहरुले सरकार र जनताबिचको पुलको काम गर्नुपर्ने बताएकी छिन्।

सोमबार गोरखापत्र प्रकाशनको १२४औं वर्ष प्रवेश तथा संस्थानको ६२औं वार्षिकोत्सव समारोहमा उनले संविधानमा मौलिक हकमा राम्रो व्यवस्था रहेपनि कार्यान्वयन हुन नसकेको भन्दै यसबारे पनि सरकारी मिडियाहरुले सचेतनाको पक्षमा भूमिका खेल्नुपर्ने बताइन्।

Hardik ivf

‘राज्यबाट सम्पन्न भएका नीति, नियम जनताका बीचमा पु¥याउने र जनताका गुनासा र अपेक्षाहरु सरकारसम्म पु¥याउने गरेर सरकारी मिडियाहरुले आफ्नो भविष्य निर्धारण गर्नुपर्छ,’ उनले भनिन्, ‘हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौं। जातिय छुवाछुत्, लैङ्गिक समानतालगायतका थुप्रै विषयहरु हामीले संविधानमा राखेका छौं।’

उनले गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्न आवश्यक भएको पनि बताइन्।

‘यसलाई बजारमा स्थापित गर्न नयाँ तरिकाको जनशक्ति, क्रियाकलाप, कार्यक्रमहरु आवश्यक छ। यसमा गम्भीर भएर छलफल गर्न आवश्यक छ,’ उनले भनिन्, ‘गोरखापत्रको संरचनात्मक अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्यन गरि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको व्यवस्थापन र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आएको छ।’

गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु सबैको चुनौतीको विषय भएको पनि मन्त्री शर्माले उल्लेख गरिन्।

प्रकाशित मिति: ११:४९ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्