Kathmandu Press

सबै उत्पिडनमा परेका जाति, वर्गका लागि आजको दिन महत्वपूर्ण छ : प्रधानमन्त्री

बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० को महत्वपूर्ण र दुरगामी अर्थ र महत्व रहेको चर्चा गरेका दाहालले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल समेत गरे।
सबै उत्पिडनमा परेका जाति, वर्गका लागि आजको दिन महत्वपूर्ण छ : प्रधानमन्त्री

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारबाट बागमती प्रदेशमा सरकारी कामकाजको भाषा ऐन २०८० को एक कार्यक्रमकाबिच सुरुवात गरेका छन्।

सोमबार काठमाडौंको बसन्तपुरमा भाषा दिवस २०८१ तथा बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० घोषणा कार्यक्रममा प्रधानमन्त्री दाहालले नेवा र तामाङ समुदायसँगै समग्र प्रदेशबासीलाई बधाई दिँदै देशको स्वाधिनता, स्वाभीमान र समृद्धि चाहनेका लागि आज विशेष गौरवको दिन भएको उल्लेख गरे।

Hardik ivf

उनले आजको दिन सबै उत्पिडित जाती र देशका निम्ति ऐतिहासिक र महत्वपूर्ण दिन भएको बताए। ‘देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रिय, लैंगिक उत्पीडनको अन्त्य गर्दै समाजवाद उन्मुख समुन्नत राष्ट्र निर्माणको हाम्रो आकांक्षा र प्रतिवद्धतामा आजको दिनले महत्वपूर्ण प्रेरणा र उर्जा दिएको छ,’ उनले भने, ‘उत्पिडित सबै जाति र देशको निम्ति एउटा महत्वपूर्ण ऐतिहासिक दिन हो।’

संविधानको धारा ७ को उपधारा (२)को व्यवस्था अनुसार भाषा आयोगको सिफारिसमा बागमती प्रदेश सरकारले कामकाजको भाषाका रुपमा नेवा र तामाङ भाषालाई प्रयोगमा ल्याउन सर्वसम्मतीले पारित गरी कार्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो।

बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० को महत्वपूर्ण र दुरगामी अर्थ र महत्व रहेको चर्चा गरेका दाहालले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल समेत गरे।

इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास दाहालको छ। आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मनाउने निर्णय गरेको स्मरण गराएका उनले तेस्रो कार्यकालमा नेपाल सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी कार्यान्वयनसमेत भइरहेको धारणा राखे।

प्रकाशित मिति: ११:३२ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्