सर्वोच्चको नजिरविरुद्ध गण्डकीमा सभामुख गरे मतदान
प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा धितालले विश्वासको मत दिएका हुन्। उनको मत समेत गणना गरेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएको छ।
काठमाडौं, वैशाख २३ : गण्डकीका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएका छन्।
प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा धितालले विश्वासको मत दिएका हुन्। उनको मत समेत गणना गरेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएको छ।
यसअघि कोशी प्रदेश सरकारका लागि सभामुखले दिएको मतलाई सर्वोच्च अदालतले अवैध ठहर गरिदिएको थियो। उक्त नजिर विपरित गण्डकीमा सभामुखले मुख्यमन्त्रीका लागि मतदान गरेपछि कानुनी र वैधानिक रुपले विवाद खडा भएको छ।
सर्वोच्चले कोशी सरकारको विवादमा सभामुख तटश्थ र स्वतन्त्र बस्नुपर्ने नजिर स्थापित गरिसकेको छ।
प्रकाशित मिति: १८:३६ बजे, आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार