Kathmandu Press

जसपाबाट विभाजित सांसदले सरकारलाई दिएको समर्थन कायमै राख्ने

नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले अहिलेकै गठबन्धनलाई समर्थन गर्ने बताएका छन । उनले मिडियासँगको कुराकानीमा सत्तागठबन्धनमा कुनै फेरबदल नहुने बताए।
जसपाबाट विभाजित सांसदले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौं, वैशाख २३ : जनता समाजवादी पार्टी विभाजन गरी अलग भएका सांसदले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएका छन्।

जसपा नेपालबाट अलग भएर सांसद अशोक राईको नेतृत्वमा ७ जना सांसद र २९ जना केन्द्रीय सदस्यसहित नयाँ पार्टी निर्माणको तयारी भइरहेको छ। नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइसकिएको छ।

Hardik ivf

पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्ताव गरिएको छ। जसपाका प्रतिनिधिसभामा १२ सांसद छन्। नयाँ दलमा अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठ, रन्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खान रहेका छन्।

नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले अहिलेकै गठबन्धनलाई समर्थन गर्ने बताएका छन । उनले मिडियासँगको कुराकानीमा सत्तागठबन्धनमा कुनै फेरबदल नहुने बताए।

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्