Kathmandu Press

नेपालीको औसत आयु ७१.३ वर्ष

दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ।
नेपालीको औसत आयु ७१.३ वर्ष
फाइल तस्बिर।
Hardik ivf

काठमाडौं, वैशाख २३ : राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ।

कार्यालयका अनुसार पुरुषको सरदर औसत आयु ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष छ। कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा औसत ७२.५ वर्ष र सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा मानिसहरु बाँच्ने गरेको अवस्था दर्शाइएको छ।

दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ। कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु बढी छ । कर्णालीमा महिलाको औसत आयु ७५.५ रहेको छ।

प्रकाशित मिति: १८:१४ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्