कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको मृत्यु
रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा३ख २०२७ नम्बरको यात्रुवाहक बस आइतबार दुर्घटना भएको थियो।
काठमाडौं, वैशाख २३ : कीर्तिपुरमा बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका एकजना प्राध्यापकको मृत्यु भएको छ।
रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा३ख २०२७ नम्बरको यात्रुवाहक बस आइतबार दुर्घटना भएको थियो।
दुर्घटनामा परी प्रा.डा.गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ।
रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक थिए।
दुर्घटनामा परी तीनजना घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: १७:४० बजे, आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












