Kathmandu Press

अशोक राईले फुटाए जसपा

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वको एक समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि जसपा विभाजित भएको हाे।
अशोक राईले फुटाए जसपा

काठमाडौं, वैशाख २३ : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ।

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वको एक समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि जसपा विभाजित भएको हाे।

Hardik ivf

नयाँ दलकाे नाम नेपाल हटाएर जसपा मात्र राखिएको छ। उपेन्द्र यादव नेतृत्वको जसपासँग संघीय संसदमा १२ सांसद छन्। 

राईको नेतृत्वमा बन्ने पार्टीकाे पक्षमा प्रदीप यादव, सुशीला श्रेष्ठ, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खानले साथ दिएकाे बताइएकाे छ। 

उपेन्द्र यादव भने अमेरिका भ्रमणमा छन्। उनी आज राति नेपाल फर्कने कार्यतालिका छ।

 

प्रकाशित मिति: १७:३० बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्