Kathmandu Press

विदेशीको दबाबले सत्ता समीकरण बदलिएकाे लिङ्देनकाे दाबी

अहिले दलहरुको प्राथमिकतामा सत्ता मात्रै रहेको उनले बताए। लिङ्देनले चुनावमा गठबन्धन गर्ने विषयमा पनि विदेशीको दबाब आउने गरेको धारणा राखे।
विदेशीको दबाबले सत्ता समीकरण बदलिएकाे लिङ्देनकाे दाबी

काठमाडाैं, वैशाख २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको दाबी गरेका छन्।

राष्ट्रिय प्रजातान्त्रीक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले नेपालका राजनीतिक दलहरु विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउदै सत्ता समिकरण परिवर्तन पनि विदेशीको दवाव र प्रभावका कारण भएको दाबी गरेका हुन्।

Hardik ivf

अहिले दलहरुको प्राथमिकतामा सत्ता मात्रै रहेको उनले बताए। लिङ्देनले चुनावमा गठबन्धन गर्ने विषयमा पनि विदेशीको दबाब आउने गरेको धारणा राखे।

मिलिजुली बाँकी रहेको देश लुट्ने र लुटको कारबाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उहाले यस अवस्थालाई देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे।

उनले राजनीति गर्नेमान्छेहरु आर्थिक रुपमा इमान्दार हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७:११ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्