Kathmandu Press

तटस्थ नबसे सभामुखविरुद्ध महाअभियोग लगाउने कांग्रेसको चेतावनी

‘याद राख्नुस्, सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो। यदि कांग्रेसलाई नजरअन्दाज गरिरहनुभयो भने साढे ३ वर्ष कसरी चल्छ हामी पनि हेर्छौं।’
तटस्थ नबसे सभामुखविरुद्ध महाअभियोग लगाउने कांग्रेसको चेतावनी

पोखरा, वैशाख २३ : गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख तटस्थ नबसे महाअभियोग लगाउनुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। 

पाण्डेले दुर्घटना नभए संसद्को अवधि साढे ३ वर्ष रहेको पनि बताए । उनले मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा राखेको विश्वासको मतको प्रस्तावमा विश्वासको मत नदिने बताए। प्रदेश सभामा बोल्दै पाण्डेले भने, ‘याद राख्नुस्, सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो। यदि कांग्रेसलाई नजरअन्दाज गरिरहनुभयो भने साढे ३ वर्ष कसरी चल्छ हामी पनि हेर्छौं।’

Hardik ivf

सभामुखले आफ्नो निर्णय र घोषणा गर्दा पनि संविधानमा लेखिएका कुरा ख्याल गर्नुस्। सभामुख रेफ्री हो । तटस्थ बस्नुपर्छ। मेरो अनुरोध छ, तटस्थ बस्नुहोला। नत्र महाभियोगसम्म जानुपर्ने अवस्था आउनसक्छ।’

पाण्डेले सर्वोच्चले गरेको व्याख्यामा असहमति समेत जनाए। पाण्डेले भने, ‘अदालतले गरेको फैसलामा मेरो पार्टी र मेरो गम्भीर असहमति छ। कोशीमा उही कुरामा एउटा फैसला आयो, गण्डकीमा अर्को निर्णय आयो । यो संविधानको खिलाफमा छ। तर पनि हामी सर्वोच्चलाई मान्ने पार्टीका हौँ। हामी मान्छौँ।’ 
 

प्रकाशित मिति: १७:०० बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्