Kathmandu Press

गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन्।
गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

पोखरा, वैशाख २३ :  मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयाेजनले बसिरहेको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेपछि उनकाे प्रस्तावउपर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हाे। सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन्।

Hardik ivf

प्रदेशसभा बैठकमा एमाले र माओवादीका सांसदहरूसँगै स्वतन्त्र सांसद दीपक मनाङेले पनि विश्वासको मत दिने अवस्थामा राप्रपा तटस्थ रहने भएको छ। प्रतिपक्षी कांग्रेसले भने विपक्षामा मत दिनेछ। 

गण्डकी प्रदेशसभा ६० सदस्यीय छ। जसमा एमालेका २२, माओवादी केन्द्रका ७ र स्वतन्त्र सांसद दीपक मनाङे एकजना गरी  ३० सांसद मुख्यमन्त्री अधिकारीकाे पक्षमा देखिन्छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। 

 विपक्षी कांग्रेससँग २७ सांसद छन् भने तटस्थ बस्ने निर्णय गरेकाे राप्रपासँग २ सिट छ। सभामुख धिताल माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्