Kathmandu Press

‘मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा छ’

आज बसिरहेकाे गण्डकी प्रदेशसभा बैठकमा उनले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेको बताएका हुन्।
‘मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा छ’

पोखरा, वैशाख २३ : गण्डकी प्रदेशसभाका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मध्यावधि चुनाव हुने खतरा निम्तिन सक्ने बताएका छन्।

आज बसिरहेकाे गण्डकी प्रदेशसभा बैठकमा उनले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेको बताएका हुन्।

Hardik ivf

उनले मध्यावधि चुनाकाे खतरा टार्न मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिनुपर्ने जिकिर गरे। मुख्यमन्त्री अधिकारीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै चुमानले  प्रदेशसभामा कुनै प्रस्तावको पक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिन सक्ने माओवादी नेता चुमानकाे भनाइ थियाे।

संसद नै नरहने अवस्था आउँदा सभामुखको भूमिका र निर्णायक मत के हुने भन्ने व्याख्या हुनु जरुरी रहेकाे पनि उनले बताए।

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, वैशाख २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्