Kathmandu Press

परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री खामिखावाबीच भेटवार्ता

एक दिनका लागि नेपाल भ्रमणमा आएकी विदेशमन्त्री खामिखावासहतिको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच आज (आइतबार) सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो।
परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री खामिखावाबीच भेटवार्ता

काठमाडाैं, वैशाख २३ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ।

एक दिनका लागि नेपाल भ्रमणमा आएकी विदेशमन्त्री खामिखावासहतिको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच आज (आइतबार) सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो।

Hardik ivf

भेटमा दुई देशबीच लामो समयदेखि रहँदै आएको सुसम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएके बताइएको छ। जापानलाई पुरानो असल मित्रका साथै ठूलो विकास साझेदारका रुपमा लिएकाले द्विपक्षीय सम्बन्धलाई सुदृढ र विस्तार गर्न सबै पक्षमा छलफल भएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए।

उनले नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताए।

जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे।

विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आइतबार नै काठमाडौं आएकी हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनी आजै राति १० बजेतिर जापान फिर्ता हुने कार्यक्रम छ।

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्