मेडिकल सामग्री लिन चीन उड्यो नेपाल एयरलाइन्सको वाइडबडी
काठमाडौं, चैत १५ : मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी चीन उडेको छ।
वाइडबडी ए–३३० जहाज शनिब....

काठमाडौं, चैत १५ : मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी चीन उडेको छ।
वाइडबडी ए–३३० जहाज शनिबार मध्याह्न साढे १२ बजे चीनको ग्वाङ्जाओका लागि उडेको हो। नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओका लागि उडेको र शनिबार राति नै काठमाडौं फर्किने जानकारी दिए।
उनका अनुसार वाइडबडी जहाज काठमाडौंबाट खाली गएको र राति चीनबाट करिब ३० टन मेडिकल सामग्री लिएर फर्कने छ। वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री लिएर राति साढे १० बजे नेपाल फर्कने जानकारी दिए। निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने गएका छन्।
वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ। चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो। सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो।
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ। यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ।








![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

