Kathmandu Press

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

गण्डकी प्रदेशसभाकाे आज बसिरहेकाे बैठकमा उनले विश्वासको मत मागेका हुन्।
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

पोखरा, वैशाख २३ : गत चैत २५ गते संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले विश्वासको मत मागेका हुन्। गण्डकी प्रदेशसभाकाे आज बसिरहेकाे बैठकमा उनले विश्वासको मत मागेका हुन्।

संविधानअनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन्। प्रदेश सभा ६० सदस्यीय रहेकाे छ। बहुमतका लागि ३१ सांसदकाे आवश्यकता पर् ।

Hardik ivf

केन्द्रीय समीकरणा बदलिँदा कांग्रेसकाे नेतृत्वमा रहेकाे गण्डकी सरकार अल्पमतमा परेकाे थियाे। यथास्थितिमा विश्वासको मत पाउने स्थिति नभएपछि गत चैत २१ गते तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए।सभामुखसहितको संख्या गणना गरेर एमाले संसदीय दलका नेता अधिकारीले चैत २५ गते दाबी पेस गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाआ मुख्यमन्त्रीमा नियुक्ति भए।

बहुमत पुर्‍याउन सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरी मुख्यमन्त्री नियुक्त गरिएपछि कांग्रेसले सर्वोच्चकाे  ढाेका ढक्ढक्यायाे। सर्वोच्चले अधिकारीलाई विश्वासको मत लिएर आफ्नाे पक्षामा बहुमत पुर्‍याउन मार्ग प्रशस्त गरिदिएकाे थियो।

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, वैशाख २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्