Kathmandu Press

‘सवारी नामसारी र कर तिर्न कार्यालय धाउनुपर्ने बाध्यता एक वर्षभित्रै अन्त्य हुन्छ’

‘सवारी नामसारी र कर तिर्न कार्यालय धाउनुपर्ने बाध्यता एक वर्षभित्रै अन्त्य हुन्छ’

काठमाडौं, वैशाख २३ : बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश यातायात कार्यालयको डिजिटलाइजेसनका लागि काम अघि बढाइरहेको बताएका छन्। 

आइतबार ‘दुर्घटना न्यूनीकरण सवारी नियम र यात्रुप्रति हाम्रो दायित्व’ विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले एक वर्षभित्रै सवारी नामसारी र कर तिर्ने प्रयोजनका लागि कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताए। 

Hardik ivf

उनले भने, ‘अब हामी नीजि सवारी साधनको कर पनि अनलाइनबाटै तिर्ने बनाइरहेका छौं। हामीले यातायात कार्यालयको डिजिटलाइजेसन गर्नका लागि काम अगाडि बढाइसकेका छौं। सम्भवतः एक वर्षभित्र सवारी नामसारी गर्ने र कर तिर्ने प्रयोजनको लागि कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्छौ। यसो गर्दा यातायात सेवा सजिलो र व्यवस्थित हुँदै जानेछ।’

सवारी चालकले कहिल्यै पनि दुर्घटना होस भन्ने नचाहँदा नचाहँदै हुने गरेको उल्लेख गर्दै मन्त्री लम्सालले दुर्घटना न्यूनीकरणका लागि सबै पक्षले कर्तव्य पालनामा कडाइ गर्नुपर्ने बताए। उनले यात्रा गर्दा सवारी चालक र सहचालकबाट दुव्र्यवहार भएको भनि गुनासो गर्नेहरु बढिरहेको भन्दै यातायात सेवासँग सरोकार राख्ने सबै पक्ष सचेत हुनुपर्ने बताए। 

उनले भने, ‘अर्को कुरा बसमा सवार गर्दैगर्दा मान्छेहरु दुव्र्यवहार भएको भन्दै व्यक्तिगत रुपमा गुनासा लिएर आउनुहुन्छ।  सवारी चालकले पनि ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको भन्दै गुनासो गर्छ। समस्या एक ठाउँमा मात्र छैन। यसलाई साँझा रुपले समाधान गर्नुपर्दछ।’
 

प्रकाशित मिति: १५:३० बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्