Kathmandu Press

पूर्वमन्त्री बस्नेतविरुद्धको जाहेरीबारे अदालतले माग्यो सरकारी वकिलसँग जवाफ

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
पूर्वमन्त्री बस्नेतविरुद्धको जाहेरीबारे अदालतले माग्यो सरकारी वकिलसँग जवाफ

काठमाडौं, वैशाख २३ : एक युवतीले पूर्वमन्त्री महेश बस्नेतविरुद्ध दिएको जाहेरी तामेलीमा राख्ने निर्णयको कानुनी विवादमा उच्च अदालत पाटनले जिल्ला सरकारी वकील कार्यालयसँग लिखित जवाफ मागेको छ। 

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

Hardik ivf

पूर्वमन्त्री बस्नेतविरुद्ध ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार र भ्रुण हत्याको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरी अनुसन्धान भइ पेश भएको प्रतिवेदनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तामेलीमा राख्ने निर्णय गरेको थियो । 

गत वैशाख ४ गते जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौँ प्रहरीको रायलाई सदर गरेको हो।

पीडितको तर्फबाट  वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र अधिवक्ता इन्द्र प्रसाद अर्यालको वहश सकिएपछि उच्च अदालत पाटनले उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत प्रमाण कागजसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। 
 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्