Kathmandu Press

जापानकी विदेशमन्त्री राति १० बजे फर्किने, यस्ताे छ भेटघाटकाे कार्यतालिका

नेपाल भ्रमणका क्रममा उनले कुनै दुईपक्षीय सहमति र सम्झौता नगर्ने जनाइएको छ। 
जापानकी विदेशमन्त्री राति १० बजे फर्किने, यस्ताे छ भेटघाटकाे कार्यतालिका

काठमाडौं, वैशाख २३ : आइतबार दिउँसो काठमाडौं उत्रिएकी जापानकी विदेशमन्त्री खामीखावा योकोले भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी उनले दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्नुअघि उनी २ः३० बजे दरबार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

Hardik ivf

खामीखावा र श्रेष्ठबीचको द्विपक्षी भेटवार्ता सम्पन्न भएपश्चात उनले ३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्रमन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुनेछिन्। त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ। कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको छ। नेपाल भ्रमणका क्रममा उनले कुनै दुईपक्षीय सहमति र सम्झौता नगर्ने जनाइएको छ। 

विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालसहतिको टोलीले स्वागत गरेकी थिइन्।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामीखावा नेपाल भ्रमणमा आएकी हुन्। 
 

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्