Kathmandu Press

यी निजी अस्पताल जसले संकटका बेला देखाए ठूलो हृदय 

काठमाडौं, चैत १५ : महामारीका रुपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध विश्वभरका देश लडिरहेका छन्। यसबाट नेपाल समेत अछुतो छैन।

नेपालम....

यी निजी अस्पताल जसले संकटका बेला देखाए ठूलो हृदय 

काठमाडौं, चैत १५ : महामारीका रुपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध विश्वभरका देश लडिरहेका छन्। यसबाट नेपाल समेत अछुतो छैन।

नेपालमा हालसम्म चार जनामा कोरोनाको संक्रमण देखिएको छ। एक जना उपचार पछि निको भएर घर फर्किएका छन् भने तीन जना उपचाररत छन्। 

कोरोना फैलन नदिन सरकारले एक साताका लागि लक डाउन गरेको छ। तर, स्वास्थ्यकर्मीहरूले पीपीई, मास्क लगायतका सामग्री नपाएको गुनासो गरिरहेका छन्।

यस्तै, निजी अस्पतालले सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीलाई समेत जाँचका लागि भर्ना गर्न नमानेका खबरहरू आइरहेकै छन्। तर, केही अस्पताल यस्ता पनि छन्, जसले कोरोनाविरुद्ध लड्न अस्पाल नै सरकारलाई दिने घोषणा गरेका छन्।  

नोबेल शिक्षण अस्पताल, विराटनगर

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका छन्।

अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन सञ्चालक डा. शर्मा तयार भएका छन्। निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ श्यया छन्। 

श्यया थप गरी एक हजार श्ययासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको शर्माले जनाएका छन्। 

बिएण्डसी शिक्षण अस्पताल, झापा

झापाको बिएण्डसी टिचिङ हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले कोडिभ–१९ को उपचारका लागि अस्पताल राज्यलाई उपलब्ध गराउने घोषणा गरेका छन्। उनले विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पीपीई र किट्स नभएको बताउँदै सरकारीसरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरे आफू दिन तयार रहेको बताएका छन्। 

आठ सय साधारण श्यया, एक सय सघन उपचार कक्ष र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको हस्पिटलमा १०५ चिकित्सक छन्। प्रसाईँले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० श्ययाको क्वारेन्टाइन बनाउन सकिने बताएका छन्।

नर्भिक अस्पताल, थापाथली 

राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालले समेत कोरोनासँग जुध्न आवश्यक तयारी गरेको छ।

 निजी अस्पतालले कोरोनाको उपचारका लागि आवश्यक तयारी नगरेको गुनासो आइरहँदा नर्भिकले भने सबै उपकरण जडित आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो।

अस्पताल सञ्चालक बसन्त चौधरीका अनुसार नर्भिकले नवनिर्मित भवनमा १५ श्याययाको आइसोलेसन वार्ड नै सञ्चालनमा ल्याएको छ।
 

प्रकाशित मिति: ०९:०८ बजे, शनिबार, चैत १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्