ललितपुरको बाफलमा आगलागी, पाँच घाइते
पाटन (ललितपुर), वैशाख २३ : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिP। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उनका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन्।
अहिले आगलागी नियन्त्रणमा आइसकेको सूचना अधिकारी सुवेदीले जानकारी दिए।
प्रकाशित मिति: १४:०९ बजे, आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि रवि लामिछानेको बयान काठमाडौंमाशुक्रबार, मंसिर १४, २०८१
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, भ्रमण टोलीमा ८७ जनाबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीनको छेङ्दुमाबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थलमा जे देखियो [फोटो फिचर]बिहीबार, मंसिर १३, २०८१