सन्दीप लामिछानेको पुनरावेदन ‘हेर्न नमिल्ने’ सूचीमा
सन्दीपले दिएको पुनरावेदनमा सुनुवाइका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तय भएको थियो।
काठमाडौं, वैशाख २३ : क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदन ‘हेर्न नमिल्ने’ भएको छ।
सन्दीपले दिएको पुनरावेदनमा सुनुवाइका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तय भएको थियो।
पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरी पछि धकेलिएको हो । उक्त मुद्दालाई यसअघि प्राथमिकतामा राखेर सुनुवाइ गर्न अदालतबाट अग्राधिकार प्रदान गरिएको थियो।
यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झगडिया झिकाउने आदेश दिएका कारण हेर्न नमिल्ने भएको हो । अब उक्त मुद्दामा अर्को सुनुवाईका लागि पेशी तय हुने छ।
प्रकाशित मिति: १२:१८ बजे, आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार