Kathmandu Press

सन्दीप लामिछानेको पुनरावेदन ‘हेर्न नमिल्ने’ सूचीमा 

सन्दीपले दिएको पुनरावेदनमा सुनुवाइका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तय भएको थियो।
सन्दीप लामिछानेको पुनरावेदन ‘हेर्न नमिल्ने’ सूचीमा 

काठमाडौं, वैशाख २३ : क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदन ‘हेर्न नमिल्ने’ भएको छ। 

सन्दीपले दिएको पुनरावेदनमा सुनुवाइका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तय भएको थियो।

Hardik ivf

पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरी पछि धकेलिएको हो । उक्त मुद्दालाई यसअघि प्राथमिकतामा राखेर सुनुवाइ गर्न अदालतबाट अग्राधिकार प्रदान गरिएको थियो। 

यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झगडिया झिकाउने आदेश दिएका कारण हेर्न नमिल्ने भएको हो । अब उक्त मुद्दामा अर्को सुनुवाईका लागि पेशी तय हुने छ। 


 

प्रकाशित मिति: १२:१८ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्