Kathmandu Press

भक्तपुरमा ज्योती प्लाई कार्पेट उद्योगमा आगलागी, एक जना गम्भीर घाइते

सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति लागेको आगलागीमा २ जना घाइते भएका छन्। जसमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
भक्तपुरमा ज्योती प्लाई कार्पेट उद्योगमा आगलागी, एक जना गम्भीर घाइते

भक्तपुर, वैशाख २३ : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा आगलागी भएको छ।

सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति लागेको आगलागीमा २ जना घाइते भएका छन्। जसमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् भने भारत घर घई उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भीर घाइते भएका छन्। उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

राति १२ बजे लागेको आगो भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रे गरी ७ वटा दमकल, सेना, प्रहरी र स्थानीयको प्रयासम ४ बजे नियन्त्रणमा लिएको थियो। पूर्णरुपमा भने आगो निभिसकेको बताइएको छ।

आगलागीबाट झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

प्रकाशित मिति: १२:१० बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्