Kathmandu Press

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

डडेल्धुरा, वैशाख २३ : डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा शनिबार राति बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुवै जनाको उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ११:२० बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्