Kathmandu Press

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित

शनिबार सम्पन्न नवौं अधिवेशनमा पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गर्दै खड्का अध्यक्ष बनेका हुन्।
एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित

भोजपुर, वैशाख २३ : नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन्। शनिबार सम्पन्न नवौं अधिवेशनमा  पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गर्दै खड्का अध्यक्ष बनेका हुन्।

उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भएका छन्।

Hardik ivf

नयाँ नेतृत्व चयनका लागि ८१ वटा वडाका ६०८ प्रतिनिधिमध्ये पाँच सय ७३ जनाले मतदान गरेका थिए।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो।

खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित भएकमा छन्।

अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो।

प्रकाशित मिति: ११:१८ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्