दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न एमालेका अध्यक्ष केपी ओलीले निर्देशन दिएका छन्।
काठमाडौं, वैशाख २३ : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न एमालेका अध्यक्ष केपी ओलीले निर्देशन दिएका छन्।
सुदूरपश्चिम एमाले प्रमुख सचेतक सुरेन्द्र पाल, संसदीय दलका नेता राजेन्द्रसिंह रावललगायतलाई शनिबार राति आफ्नै निवासमा भेट्दै ओलीले यस्तो निर्देशन दिएका हुन्।
सोडारीले शुक्रबार नै विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। तर, एमालेले विश्वासको मत दिन नमानेपछि बैठक शनिबारलाई सारिएको थियो। विश्वासको मतका विषयमा नेतृत्वसँग सल्लाह गर्न भन्दै पाल र रावल काठमाडौं आएपछि शनिबार ५ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थागित भएको थियो।
उपनिर्वाचनमा बझाङबाट निर्वाचित दमनबहादुर भण्डारीले शपथ ग्रहण गरेपछि विश्वासका सम्बन्धमा निर्णय लिने तयारी एमालेको छ।
प्रकाशित मिति: १०:४८ बजे, आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












