Kathmandu Press

भारतीय प्रधानन्यायाधीशद्वारा पशुपतिनाथको दर्शन 

पशुपतिनाथको दर्शनपछि चन्द्राच्युडले भगवान् श्रीपशुपतिनाथको चरणमा नतमस्तक भएको बताए। ‘भगवान भोलेनाथको दर्शनबाट असीम कृपा एवं आशीर्वाद मिल्यो,’ उनले भने।
भारतीय प्रधानन्यायाधीशद्वारा पशुपतिनाथको दर्शन 

काठमाडौं, वैशाख २२ : नेपाल भ्रमणमा रहेका भारतीय प्रधानन्यायाधीश धनञ्जय चन्द्राच्युडले शनिबार पशुपतिनाथको दर्शन गरेका छन्। 

पशुपतिनाथको दर्शनपछि चन्द्राच्युडले भगवान् श्रीपशुपतिनाथको चरणमा नतमस्तक भएको बताए। ‘भगवान भोलेनाथको दर्शनबाट असीम कृपा एवं आशीर्वाद मिल्यो,’ उनले भने।

Hardik ivf

पशुपति दर्शनको लागि राम्रो प्रवन्ध मिलाएको भन्दै व्यवस्थापनको प्रशंसा पनि गरे। यस्तै, उनले पशुपतिका भट्टसहित पशुपति क्षेत्र विकास कोषलगायत सबैप्रति आभार समेत व्यक्त गरेका छन्। 

चन्द्राच्युड प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका हुन्।
 
प्रकाशित मिति: १७:०२ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्