Kathmandu Press

सिजन रद्द गर्दा युरोपका शीर्ष पाँच फुटबल लिगलाई चार अर्ब युरो घाटा

कोरोना भाइरस विश्वव्याधिले बाँकी सिजनमा बाधा पुर्याउंदा युरोपका शीर्ष पाँच फुटबल लिगलाई चार अर्ब युरो घाटा हुने अनुमान केपिएमजीको अध्ययनले गरेको छ।

केपिएमजी ....

सिजन रद्द गर्दा युरोपका शीर्ष पाँच फुटबल लिगलाई चार अर्ब युरो घाटा

कोरोना भाइरस विश्वव्याधिले बाँकी सिजनमा बाधा पुर्याउंदा युरोपका शीर्ष पाँच फुटबल लिगलाई चार अर्ब युरो घाटा हुने अनुमान केपिएमजीको अध्ययनले गरेको छ।

केपिएमजी विश्वकै ठुला लेखा कम्पनीमध्ये पर्दछ। इङ्ग्लिश प्रिमियर लिग, स्पेनिश ला लिगा, जर्मन बुन्डेसलिगा, इटालीको सिरी ए र फ्रान्सको लिग वानको बाँकी खेलबाट चार अर्ब युरो आम्दानी हुने कम्पनीको हिसाब छ।

सबैभन्दा धेरै बेलायतको प्रिमियर लिगलाई घाटा हुनेछ। सिजन रोकिएमा लिगलाई १.२५ अर्ब युरो घाटा हुनेछ। त्यसमा ८० करोड युरो त प्रसारण वापत नै हुनेछ।

“लिगसँग सामूहिक सम्झौता गरेका प्रसारकले म्याच रद्द र सिजन पूरा नभए अनुपातिक रुपमा पैसा फिर्ता माग्नसक्छन्,” प्रतिवेदनमा भनिएको छ।

बुन्डेसलिगाबाहेक अन्य लिगभन्दा प्रिमियर लिगमा थोरै खेल खेल्न बाँकी छ। तर प्रसारणबाट हुने आम्दानीमा प्रिमियर लिगलाई नै सबैभन्दा धेरै घाटा हुनेछ। बुन्डेसलिगामा सबैभन्दा थोरै १८ वटा टिम छन्।

तर “बिग फाइभ” भनिने लिगका क्लब खर्च धान्नका लागि टेलिभिजनबाट हुने आम्दानीमै भर पर्छन्। केपिएमजीको प्रतिवेदन अनुसार स्पेनको ला लिगाले प्रसारण आम्दानीमा ६० करोड युरोसम्म घाटा बेहोर्नुपर्नेछ। त्यसैगरी सिजन रद्द भए सिरी एका क्लबलाई ४५ करोड युरो घाटा हुनेछ। बुन्डेसलिगा र लिग वानलाई क्रमश: ४० र २० करोड युरो बराबरको घाटा हुनेछ।

कोभिड १९ का कारण लिगहरू स्थगित गरिएका छन्। महाव्याधिले विश्वमा हजारौंको ज्यान लिइसको छ। चीनमा सुरू भएको कोभिड १९ अहिले युरोपमा केन्द्रित छ। युरो २०२० लाई एक वर्ष पर धकेलेपछि घरेलु र युरोपेली सिजन सकिने आशा पलाएको छ। लिगहरू अप्रिलो सुरूसम्मलाई स्थगित गरिएको छ।

जुन ३० सम्म क्लब सिजन सकाउन युइएफए प्रतिबद्ध छ। तर भाइरस फैलिने क्रम नरोकिए लक्षित मितिबारे पुनर्विचार गर्नुपर्नेछ।
 

प्रकाशित मिति: ०७:५९ बजे, शनिबार, चैत १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्