Kathmandu Press

हेमन्तको ‘जाउँ साइँली बेनी बजार’मा प्रकाश र अन्जली

हेमन्तको ‘जाउँ साइँली बेनी बजार’मा प्रकाश र अन्जली

काठमाडौं, वैशाख २२ : स्वर्गीय लोकगायक पदम विष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुनः रेकर्ड गराएका छन्।

रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो। मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ। 

Hardik ivf

भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ। भिडियोका निर्देशन सुनिल विकले गरेका हुन्। रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन भिडियोमा छ।

गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन्। संगीत भने स्वर्गीय विष्टकै रहेको छ। पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए।

प्रकाशित मिति: १६:५३ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्