Kathmandu Press

पपुलिजमका आधारमा पुराना दलहरुको विकल्प खोज्ने प्रयास इलाममा असफल : महासचिव पाेखरेल

नेकपा एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पपुलिजम कि विचार भन्ने परीक्षण गर्नुपर्ने अवस्थामा इलाममा भएको उपनिर्वाचनमा पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश जनताले दिएको बताएका हुन्।
पपुलिजमका आधारमा पुराना दलहरुको विकल्प खोज्ने प्रयास इलाममा असफल : महासचिव पाेखरेल

काठमाडौं, वैशाख २२ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमका आधारमा विचारधारको जगमा खडा भएका राजनीतिक दलहरुको विकल्प खोज्ने प्रयास इलाममा असफल भएको बताएका छन्।

नेकपा एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पपुलिजम कि विचार भन्ने परीक्षण गर्नुपर्ने अवस्थामा इलाममा भएको उपनिर्वाचनमा पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश जनताले दिएको बताएका हुन्।

Hardik ivf

उहाले कोशी प्रदेशको नामकरणको विरुद्धमा एमालेलाई नियोजित रुपमा कमजोर पार्नका लागि आन्दोलन चलाइएको अवस्थामा जातिवाद स्वीकार्य छैन भन्ने सन्देश पनि उपनिर्वाचनले दिएको धारणा राखे। महासचिव पोखरेलले  एमालेको नेतृत्वमा सरकार बन्दा नेपाल एउटा विश्वको नमूना राष्ट्रका रुपमा पुराउन सफल भए पनि षडयन्त्रपूर्व विस्थापीत गर्दा मुलुक अप्ठेरो अवस्थामा पुगेको बताए।

मुलुकको अप्ठेरो अवस्थामा लामो समय गयो भने सम्हालन नसक्ने अवस्थामा पुग्न सक्ने भएकाले एमालेको पहलमा नयाँ सत्ता समिकरण बनाइएको उनले बताए।

उहाले वर्तमान सत्ता समीकरणले देशलाई तत्काल नै चमत्कार दिने नभएर मुलुकको ओरालो यात्रालाइ रोकेर अघि बढाउन सक्ने मान्यताका साथ सरकारमा सहभागी भएको जिकिर गरे।

महासचिव पोखरेलले कतिपयले पार्टी एकताका नाममा फेरी टाउको जोड्ने कुरा गरेको भन्दै अहिले टाउको नभई कायकर्ताको मन जोड्न जरुरी रहेको धारणा राखे।

उनले पुष्पलाललाई कांग्रेससंग मिलेर पञ्चायत ढाल्नुपर्दछ भनेवापत गद्दार भन्ने मोहनबिक्रम सिंह अहिले समाजवाद कि पुँजीवाद भनेर कित्ताकाट गर्नुपर्ने बेला कांग्रेसकै पछाडी कुदिरहेको टिप्पणी गरे।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्