Kathmandu Press

वायु प्रदूषण नियन्त्रण पहलकाे माग गर्दै प्रदर्शन

केही दिन यता काठमाडौं लगाएत देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै समाजवादी पार्टीले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
वायु प्रदूषण नियन्त्रण पहलकाे माग गर्दै प्रदर्शन

काठमाडाैं, वैशाखा २२ : देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेपाल समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ।

केही दिन यता काठमाडौं लगाएत देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै समाजवादी पार्टीले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

Hardik ivf

बढ्दो वायु प्रदूषण र यसले बालबालिका देखि आम नागरिकमा ल्याएको स्वास्थ्य जटिलता; देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ।

पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर जवाफदेहिता र बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेपाल समाजवादी पार्टीका नेतृ मानुषी यमी भट्टराईले बताइन्।

स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

प्रदर्शनमा सहभागीहरुले नेता बस्छन् एसीमा, जनता धुलो धुवाँमा, हाम्रो जंगलमा डढेलो हेदा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: १५:२१ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्