Kathmandu Press

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बिए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिताअन्तर्गतको पाठ्यक्रममा आधारित रहेको लेखकद्वयले जानकारी दिए। 
‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

काठमाडौं, वैशाख २२ : ‘आमसञ्चारको परिचय’ पुस्तक सार्वजनिक गरिएको छ। शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको उक्त पुस्तक भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो। 

पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बिए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिताअन्तर्गतको पाठ्यक्रममा आधारित रहेको लेखकद्वयले जानकारी दिए। 

Hardik ivf

पूर्णाङ्क एक सयको यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो। यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी हुने लेखकद्वयले बताएका छन्। पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दा, पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिकालगायत विषयमा चर्चा गरिएको छ। 

पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिविअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्रिय हुनुहुन्छ। पत्रकारितामा सक्रिय बिडारी त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमफिल–पिएचडी गरिरहेका छन्। उनी नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्यसमेत हुन्। 

त्यसैगरी ‘उकेरा डटकम’मा कार्यरत लेखक खड्का विशेष गरी स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्छन् भने अर्किड इन्टरनेसनल कलेजमा प्राध्यापनरत छन्। खड्काले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्टस्अन्तर्गत भाषा तथा आमसञ्चार विभागमा सञ्चारसम्बन्धी विषयमा विद्यावारिधि (पिएचडी) गरिरहेका छन्। उनी नेपाल पत्रकार महासंघका सदस्य हुन्।

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्