Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मतमा एमालेको अड्को

शनिबार पनि सोडारीले विश्वासको मत लिने अवस्था छैन। एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वसँग सल्लाह गर्न भन्दै काठमाडौं लागेपछि शनिबारको बैठक पनि अनिश्चित बनेको हो।
सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मतमा एमालेको अड्को

धनगढी, वैशाख २२ : सत्तारुढ गठबन्धनबाटै मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले विश्वास मतका लिनका लागि आजका लागि तय भएको प्रदेससभा बैठक अन्योलमा परेको छ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन हातार गरेको भन्दै एमालेले विश्वासको मत दिन अस्वीर गर्दै आएको छ।

Hardik ivf

शुक्रबार नै सोडारीले विश्वासको मत लिने तय थियो। तर, एमालेले विश्वासको मत नदिने अडान लिएपछि प्रदेशसभा बैठक शनिबार साँझ ५ बजेका लागि बोलाइएको छ।

तर, शनिबार पनि सोडारीले विश्वासको मत लिने अवस्था छैन। एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वसँग सल्लाह गर्न भन्दै काठमाडौं लागेपछि शनिबारको बैठक पनि अनिश्चित बनेको हो।

विश्वासको मत लिने निर्णय सोडारीको व्यक्त भएको भन्दै विश्वासको मत दिने पनि एमालेले कुनै छलफल नभएको नेता रावलले बताएका छन्।

सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति: १०:५० बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्