Kathmandu Press

कञ्चनपुरमा आगलागी हुँदा २५ लाख बढीको क्षति

घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए।
कञ्चनपुरमा आगलागी हुँदा २५ लाख बढीको क्षति
फाइल तस्बिर।

कञ्चनपुर, वैशाख २२ : शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ। घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए।

Hardik ivf

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन्।

आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ।

प्रकाशित मिति: ०९:२४ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्