Kathmandu Press

प्राधिकरणले चैत महिनाको विद्युत महसुलमा २० प्रतिशत छुट दिने

काठमाडौं, चैत १४ : नेपाल विद्युत प्राधिकरणले ३८ लाख घरेलु ग्राहकलाई १५० युनिटसम्म विद्युत प्रयोग गर्दा चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिने भए....

प्राधिकरणले चैत महिनाको विद्युत महसुलमा २० प्रतिशत छुट दिने
फाइल

काठमाडौं, चैत १४ : नेपाल विद्युत प्राधिकरणले ३८ लाख घरेलु ग्राहकलाई १५० युनिटसम्म विद्युत प्रयोग गर्दा चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिने भएको छ। 

शुक्रबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालन समितिको बैठकले चैत महिनाको महसुलमा २० प्रतिशत छुटका लागि मन्त्रिपरिषदसमक्ष सिफारि गर्ने निर्णय गरेको हो। 

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले ग्राहकलाई राहत दिने र एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले छुट दिने निर्णय गरिएको मन्त्री पुनले जानकारी दिए।

यो निर्णयबाट विद्युतीय चुलो लगायतको सामग्री प्रयोगमा प्रोत्साहन मिल्नेछ भने अर्कोतिर जनतालाई बन्दाबन्दीमा थोरै भएपनि राहत हुने मन्त्री पुनले बताए।
 

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, चैत १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्