Kathmandu Press

टि–२० विश्वकप खेल्ने आफ्ना विद्यार्थीलाई फिनिक्स कलेजको सम्मान

कलेजले कुशल भुर्तेल, कुशल मल्ल, कमलसिहं ऐरी, सन्दीप जोरा र प्रतिश जिसीलाई सम्मान गरेको हो।
टि–२० विश्वकप खेल्ने आफ्ना विद्यार्थीलाई फिनिक्स कलेजको सम्मान

काठमाडाैं, वैशाख २१ : अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका नेपाली राष्ट्रिय क्रिकेट टिममा परेका आफ्ना विद्यार्थीलार्य फिनिक्स कलेजले सम्मान गरेको छ।

शुक्रबार एक कार्यक्रमबीच कलेजले विश्वकप खेल्ने नेपाली टिममा रहेका आफ्ना विद्यार्थीहरुलाई सम्मान गर्दै सफलताका शुभकामना दिएको हो।

कलेजले कुशल भुर्तेल, कुशल मल्ल, कमलसिहं ऐरी, सन्दीप जोरा र प्रतिश जिसीलाई सम्मान गरेको हो। यी पाँचै जना फिनिक्स कलेजमा बिबिए अध्ययनरत छन्।

कार्यक्रममा राष्ट्रिय टिमका पूर्वकप्तान तथा ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल, राष्ट्रिय टिमका सदस्यद्वय भीम सार्की र सूर्य तामाङ पनि उपस्थित थिए।

विश्वकप खेल्ने आफ्ना विद्यार्थीलाई सम्मान गर्दै कलेजका कार्यकारी अध्यक्ष भरत गिरीले प्रतिभाशाली विद्यार्थीले विश्वमञ्चमा आफ्नो सीप प्रदर्शन गरेको देख्न पाउनुले समग्र कलेज परिवार गौरवान्वित भएको बताए।

उनले खेलाडीलाई साहसका साथ खेल भावनालाई कायम राख्दै उत्कृष्ट प्रदर्शन गरी समग्र राष्ट्रलाई गौरवान्वित गर्न शुभकामना दिए।

प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्