प्रकोप हुनुपूर्व सचेत हुन राष्ट्रिय दलित नेटवर्कको अपिल
नेटर्वकले विज्ञप्ति जारी गर्दै प्रकोप हुनु पूर्वतयारी गर्नुपर्ने निकायको कमजोरीका कारण घटना घटेको जनाएको छ।
काठमाडौं, वैशाख २१ : सामुदायिक वनमा विगत केही दिनदेखि वन डढेलोका कारण धनजनको क्षति भएको र हजारौँ घरपरिवार विस्थापित भएको घटनाप्रति राष्ट्रिय दलित नेटवर्कले सरकारसमक्ष ध्यानाकर्षण गराएको छ।
नेटर्वकले विज्ञप्ति जारी गर्दै प्रकोप हुनु पूर्वतयारी गर्नुपर्ने निकायको कमजोरीका कारण घटना घटेको जनाएको छ।
त्यस्ता जोखिमपूर्ण क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी तत्काल उद्धार तथा राहतको काम थालनी गर्न नेटवर्कले अुनरोध गरेको छ।
साथै आगलागीपीडितलाई पुनःस्थापना गर्न तीनै तहको सरकारलाई ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ।
प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












