Kathmandu Press

मन्त्रालयका विभिन्न कार्यक्रममाथि छुट्याइएको बजेट अझै प्राप्त भएको छैन : मन्त्री जोशी

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले मन्त्रालयको नवप्रवर्धन कार्यक्रमका लागि ८८ करोड छुट्टाएपनि अहिलेसम्म सो रकम प्राप्त हुन नसकेको बताए।
मन्त्रालयका विभिन्न कार्यक्रममाथि छुट्याइएको बजेट अझै प्राप्त भएको छैन : मन्त्री जोशी

काठमाडाैं, वैशाख २१ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले मन्त्रालयका विभिन्न कार्यक्रममाथि छुट्याइएको बजेट अझै प्राप्त नभएको बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले मन्त्रालयको नवप्रवर्धन कार्यक्रमका लागि ८८ करोड छुट्टाएपनि अहिलेसम्म सो रकम प्राप्त हुन नसकेको बताए।

Hardik ivf

तराईमधेस समृद्धि कार्यक्रमको अवस्था पनि त्यस्तै रहेको उनले बताए। मन्त्री जोशीले आफू मन्त्रालयमा आउदा पूँजीगत खर्च जम्मा ९ प्रतिशत मात्रै रहेको धारणा राखे। उनले कर्मचारी व्यवस्थापनमा पनि समस्या देखिएको भन्दै धेरै स्थानमा निमित्तका भरमा चलाउनुपरेको बताए।

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनलाई महत्वका साथ अघि बढाउनुपर्ने अवस्था देखिएको बताए। कर्मचारीको समस्या कानूनी रुपले समस्या गर्ने अवस्था नरहेको उनको भनाइ छ। 

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्