Kathmandu Press

प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउनु राज्यको अनिवार्य दायित्व : गृहमन्त्री लामिछाने

बैठकमा समिति सदस्यहरुले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राज्यले समयमा नै पूर्ण तयारी गर्नुपर्ने बताएका थिए।
प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउनु राज्यको अनिवार्य दायित्व : गृहमन्त्री लामिछाने

काठमाडौं, वैशाख २१ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने विषय राज्यको अनिवार्य दायित्व भएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले प्राकृतिक प्रकोप र क्षतिको न्यूनीकरण गर्न बजेटको कमि हुन नदिने समेत बताए।

Hardik ivf

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपकरण खरिद प्रक्रियालाई सरलीकृत गर्न सहज कानूनी व्यवस्था हुनुपर्ने उनले बताए। विपद् र जोखिम न्यूनीकरणका लागि एकीकृत प्रणालीको अभ्यास गरिरहेको उनले बताए। उनले नीतिगत व्यवस्थालाई बलियो बनाउनका समिति लगाएत सरोकारवाला निकायले समेत पहल गर्नुपर्नेमा जोड दिए।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद न्यूनीकरण गर्न पटकपटक छलफल गरेर आवश्यक सामाग्री जोखिमयुक्त पालीकामा पठाइएको धारणा राखे। वन डेडेलो नियन्त्रणका लागि दमकलमात्रै प्रभावकारी नहुने भएकाले हाते उपकरण खरिद गर्नुपर्ने उनले बताए। उनले अहिले देशभर पर्याप्त संख्यामा दमकलसमेत नरहेको बताए। 

बैठकमा समिति सदस्यहरुले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राज्यले समयमा नै पूर्ण तयारी गर्नुपर्ने बताएका थिए। उनीहरुले वन डडेलोलाई नियन्त्रणमा लिन गम्भीरतापूर्वक काम गर्न पनि सरकारलाई सुझाव दिएका छन्। गृहमन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा आगलागी र डेडेलोका कारण २६ जनाले ज्यान गुमाएका छन्। 

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्