अब सय रुपैयाँको नोटमा नेपालको पुरानाे नक्सा हटाएर नयाँ राखिने
साे नाेटमा हालसम्म पुरानै नक्सा हुने गरेकाेमा सरकारले त्यसलाई परिवर्तन गर्ने भएको हाे।
काठमाडौं, वैशाख २१ : अब सय रुपैयाँको नोटमा नेपालको नक्साको सिंगाे तस्बिर राखिने भएकाे छ। साे नाेटमा हालसम्म पुरानै नक्सा हुने गरेकाेमा सरकारले त्यसलाई परिवर्तन गर्ने भएको हाे।
आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो। अर्थ मन्त्रालयले एक सयकाे नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।
सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर बनाएको चुच्चे नक्सालाई २०७७ सालमा संसदले अनुमोदन गरेको थियो। ती क्षेत्रलाई भारतले पनि आफ्नो दाबी गर्दै आएको छ।
प्रकाशित मिति: १६:१३ बजे, शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












