Kathmandu Press

नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा

नवौं अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेका थिए। तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारू र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका हुन्। 
नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा

पर्सा, वैशाख २१ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन्। एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोध रुपमा चयन भएका हुन्। 

नवौं अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेका थिए। तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारू र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका हुन्। 

Hardik ivf

पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो। अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ।

एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए। उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ। 

सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ। पर्सा जिल्लामा १४ वटा पालिका छन्। तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन्। 

वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सर्वसहमत हुन सकेको छैन। एमालेको नवौँ जिल्ला अधिवेशन सोमबार उद्घाटनसत्र भएको थियो। अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो।

प्रकाशित मिति: १४:१८ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्