Kathmandu Press

गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने

गण्डकी प्रदेश सभा सचिवालयका अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले २३ गतेका लागि डाकेको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूचीका सिफारिस भएकाे छ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने

पाेखरा, वैशाख २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्सि (२३ गते आइतबार) विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए। 

Hardik ivf

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले वैशाख २४  गतेअगाडि नै विश्वासको मत लिनुपर्ने स्थिति छ।  संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीविरुद्ध रिट दायर गरे पनि सर्वोच्चले उक्त रिट खारेज गरिदिएकाे छ। गण्डकीमा बहुमतका लागि ३० सिट वा ३१ सिटको लफडा छ। सभामुखको गणना दाबीको समयमा नगने पनि संसदमा ३१ सिटले मात्रै बहुमत हुने केही कानुनविद् बताउँछन्।

 

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, वैशाख २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्