Kathmandu Press

गालीको राजनीतिले अन्याेलता ल्यायो : उपसभापति गुरुङ  

उनले राजनीतिमा निराशाको खेती भैरहेको र त्यसलाई आशामा बदल्ने जिम्मेवारी पूरा गर्न कांग्रेसले मात्रै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने जिकिर पनि गरे। 
गालीको राजनीतिले अन्याेलता ल्यायो : उपसभापति गुरुङ  

काठमाडौं, वैशाख २१ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा एकले अर्कालाई गाली गर्ने प्रवृत्ति बढ्दा राजनीति अनुशासन अन्यौंलग्रस्त अवस्थामा पुगेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवस विशेष कार्यक्रममा नेता गुरुङले गालीको राजनीतिले अन्याेल सिर्जना गरेको भन्दै खेलकुदमा जस्तै नेपाली राजनीतिमा पनि अनुशासन कायम नगरे अवस्था गम्भीर हुन सक्ने बताएका हुन्।

Hardik ivf

‘खेलकुद भित्रको अनुशासन जस्तै गरेर नेपाली राजनीतिमा पनि अनुशासन कायम गर्नुपर्दछ। नेपाली राजनीतिमा देखिएको समस्या अनुशासनविहीन छ। मञ्च पाउनै नहुने एक नेताले अर्को नेतालाई खुइल्याउने, भरपुर गाली मात्रै गर्ने, गालीको राजनीतिले हामी अन्यौंलग्रस्त छौं।’ गुरुङले थपे, ‘यसले अहिलेको राजनीति गम्भीर मोडमा पुगेको जस्तो लाग्छ।’

उनले राजनीतिमा निराशाको खेती भैरहेको र त्यसलाई आशामा बदल्ने जिम्मेवारी पूरा गर्न कांग्रेसले मात्रै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने जिकिर पनि गरे। उनले राजनीतिक नेतृत्वले खेलकुद क्षेत्रलाई उपेक्षामा राखेर फेरी त्यही क्षेत्रबाट खेलाडिले गोल्ड मेडल ल्याओस भनेर आशा गर्न नहुने भन्दै खेल क्षेत्रको विकासमा जोड दिए। 

‘खेलकुदमा गोल्ड मेडल ल्याइदिए हुन्थ्यो भनेर खेलाडीबाट आशा राख्ने तर खेलकुद क्षेत्रलाई उपेक्षा गरेर गोल्ड मेडल ल्याउन सकिदैन। यसलाई केन्द्रमा राखेर हामीले काम गर्नुपर्छ,’ गुरुङले भने। 
 

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्