Kathmandu Press

पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

भोलि शनिबार चन्द्रगिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि हाइकर्स कमिटी (सिएचसी) ले सो पदयात्राको संयोजन गरेको हो। दुई हजार दुई सय जना सहभागी हुने सो पदयात्रामा २२ किमी पदयात्रा हुने जनाइएको छ।
पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

काठमाडौं, वैशाख २१ : चन्द्रागिरि नगरपालिकाभित्र रहेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका सम्पदाको प्रवर्द्धन एवं पहिचान गर्न बृहत् ‘सम्पदा पदयात्रा’ आयोजना गरिने भएको छ।

भोलि शनिबार चन्द्रगिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि हाइकर्स कमिटी (सिएचसी) ले सो पदयात्राको संयोजन गरेको हो। दुई हजार दुई सय जना सहभागी हुने सो पदयात्रामा २२ किमी पदयात्रा हुने जनाइएको छ।  

Hardik ivf

चन्द्रागिरि नगरपालिकाभित्र रहेका १५ वटै वडामा रहेका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय प्रवर्द्धन गर्न बृहत् ‘सम्पदा पदयात्रा’ गर्न लागिएको र यसको तयारी पूरा भएको सिएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए। 

पदयात्राले ऐतिहासिक एवं सांस्कृतिक चन्द्रागिरिको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने जनाइएको छ। उहाँले नगरपालिकाभित्र रहेका पर्यटकीय सम्पदाको वास्तविक अवस्था के कस्तो छ, यसको अवलोकन गर्न र  स्वास्थ्यका लागि हिँडाइको महत्व बुझाउन पदयात्रा राखिएको बताए।

'आफ्नो टोल, समाजमा  रहेका सांस्कृतिक सम्पदाको संरक्षण र प्रर्वद्धनमा योगदान पुर्‍याउनु नगरवासीको कर्तव्य हो। यी सम्पदाको संरक्षण प्रवर्द्धन गर्दै जीवन्त राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न युवाको भूमिका अहम् हुन्छ। यसका लागि पदयात्रा गर्न लागेको हौं,' अध्यक्ष गोपालीले भने।

चन्द्रगिरि नगरपालिका परिसरबाट सुरु हुने पदयात्रा बलम्बु त्रिवेणीघाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, मातातीर्थ, मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकाप खेलमैदानमा समापन हुनेछ। 

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्